Sunday, July 10, 2022

Guru Purnima Poem

 






गुरु 

गुरु हजुर कुमाले, हामी हौ गिलो माटो
बनाई दिनुस हामीलाई एक आकार 
देखाई दिनुस हामीलाई शिक्षाको बाटो
सिकाई दिनुस हामीलाई राम्रो संस्कार |

मैनबत्ती जस्तै सबैलाई उज्यालो दिदै 
ज्ञानको ज्योती सबैलाई छर्दै
आमाको जस्तै आँखाले हेर्दै 
माया, ममता र शिक्षा हामीलाई दिदै
प्रणाम छ हजुरलाई हाम्रो कोटी कोटी ||

- शुभान्जली मानन्धर
कक्षा ६
सेन्ट मेरिज स्कूल
जावलाखेल |