Monday, April 11, 2022

नेपाली कथा

 

कथा 

एक ग्राहक , एक जना प्रसिद्ध मूर्तिकार कहाँ एउटा श्री कृष्ण भगवानको  मुर्ति बनाउन आउछ | मूर्तिकारको छोरा केहिदिन अगाडी बितेको थियो |

ग्राहक :     आज कति दिन भयो ?
मूर्तिकार :    ७ दिन
ग्राहक :     के गर्नु, भगवानको इच्छा ...

ग्राहक :     मलाई एउटा श्री कृष्ण भगवानको सिंहमरमरको मुर्ति बनाई दिनुस भनेर अनुरोध गर्न आएको |
मूर्तिकार :    हस हुन्छ |
ग्राहक :     कति दिन पछि आउ ?
मूर्तिकार :    १५ दिन पछि |
ग्राहक :     हुन्छ, १५ दिनमा आउछु |

१५ दिन पछि :
ग्राहक :     मुर्ति तयार भयो ?
मूर्तिकार :    छैन |
ग्राहक :     कति दिन पछि आउ ?
मूर्तिकार :    १५ दिन पछि |
ग्राहक :     हुन्छ, १५ दिनमा आउछु |

१५ दिन पछि
ग्राहक :     अब त मुर्ति तयार भयो होला 
मूर्तिकार :    छैन
ग्राहक :     किन र, १५ दिन पछि भन्नु भयको थियो 
मूर्तिकार :    अर्को १५ दिन लाग्न सक्छ 
ग्राहक :     कति तयार भयो, हेर्न दिनुस न 
मूर्तिकार :    अहिले हेर्न मिल्दैन, १५ दिन पछि आउनुस 

फेरी १५ दिन पछि
ग्राहक :     आज त पक्कै तयार भयो होला, मेरो मुर्ति | देखौनुस त !
मूर्तिकार :    ..................
ग्राहक :     किन बोल्नु भएन ? 
मूर्तिकार :    यो मुर्ति म तपाईलाई दिन सक्दिन ..
ग्राहक :     किन, मैले नै तपाईलाई बनाउन लागेको होइन र ? किन दिनु सक्नु हुन्न ?
मूर्तिकार :    म तपाईलाई अर्को मुर्ति बनाई दिन्छु 
ग्राहक :     पहिला मलाई मुर्ति त देखाउनु न 

अति सुन्दर श्री कृष्ण भगवानको सिंहमरमरको मुर्ति हेरी सके पछि :

ग्राहक :     होइन, मलाई यही मुर्ति चाहिन्छ, म यही मुर्ति लान्छु | यो मुर्ति तपाइले मेरो लागि बनाउनु भएको हो |
मूर्तिकार :    तर , म दिन सक्दिन
ग्राहक :     म तपाईलाई दोबार पैसा दिन्छु
मूर्तिकार :    म दिन सक्दिन
ग्राहक :     म तेब्बर पैसा दिन्छु
मूर्तिकार :    जति पैसा पाए पनि यो मुर्ति दिन सक्दिन | बरु १५ दिनमा अर्को मुर्ति बनाएर दिन्छु |
ग्राहक :     किन दिन सक्नु हुन्न ? .... कारण त  बताई दिनु होस्  न |

मूर्तिकार :    तपाईनै नियालेर हेर्नुस न, यो श्री कृष्ण भगवानको मुहार, मेरो छोराको अनुहार संग कति मिल्छ | मेरो स्वर्गमा रहेका मेरा प्राणप्यारा छोरा, फेरी म संगै छ , मलाई हेरेर मुसु मुसु हासी रहेको छ | यस्तो मेरो प्राणको टुक्रा मेरो दिवंगंत छोरालाई तपाईलाई कसरी दिन सक्छु र ? त्यसैले म फेरी अर्को मुर्ति बनाएर तपाइलाई दिन्छु | यो मुर्ति चाहि दिन सक्दिन |

ग्राहक :     तपाई महान मूर्तिकार हुनुहुन्छ | यो मुर्ति तपाई नै राख्नु होला र मलाई अर्को मुर्ति बनाई दिनु होला |

================================



मूर्तिकार बाबुछोरा


एकजना मूर्तिकार बाबाले आफ्नो छोरालाई पनि मूर्ति बनाउँन सिकाउँथे । उनीहरुले मूर्ति बनाएर सहरमा बेच्न लैजान्थे । सुरुमा त बाबाको मात्र मूर्ति विक्री हुन्थ्यो । छोराको मूर्ति विक्री नै हुँदैनथ्यो । बाबाले आफ्नो मूर्तिलाई एक हजार रुपैयाँमा बेच्ने गर्थे ।


छोराले मूर्ति बनाउँन सिक्दै गयो । बाबाले पनि सिकाउँदै गए । केहि वर्षमा छोराले बनाएका मूर्ति पनि बजारमा विक्री हुन थाले । तर बाबाको मूति एक हजार रुपैयाँमा विक्रि हुन्थ्यो भने छोराको मूर्तिहरुले मुश्किलले २०० रुपैयाँ पाउँथे ।


घर आएपछि बाबाले छोरालाई मुर्ति बनाउँदा भएका गल्तीहरु औल्याईदिन्थ्यो । छोराले पनि अर्कोपटक मूर्ति बनाउँदा त्यो गल्ती सच्च्याउँथ्यो र बजारमा बेच्न लैजाँदा अलिक बढि मूल्य पाउँथ्यो ।


बिस्तारै छोराका मूर्तिहरु पनि ५०० रुपैयाँसम्ममा विक्रि हुन थाले । तर छोरा अझै खुशि थिएन । बाबाले पनि छोराले बनाएको मूर्तिमा गल्तीहरु देखाईरहन्थ्यो । त्यसलाई सच्च्याउँन भन्थ्यो । छोराले पनि त्यो कुरा मानेर अर्कोपटकमा गल्ती सुधार्दै मूर्ति बनाउँथ्यो । त्यो मूर्तिले बिस्तारै ७०० रुपैयाँ पाउँन थाल्यो । त्यसपछि पनि बाबो गल्ति देखाई नै रहन्थे अनि छोराले गल्ती सच्याउँदै मूर्ति बनाउँथ्यो र त्यो मूर्तिले अझ राम्रो मूल्य पाउँथ्यो ।


हुँदा हुँदा एकदिन त यस्तो पनि आयो छोराको मूर्ति बाबाको मूर्तिभन्दा बढिमा विक्रि हुन थाल्यो । तर पनि बाबाले छोराको मूर्तिमा केही न केही गल्ती देखाएर त्यसलाई सुधार्ने सुझाव भने दिन छाडेन । एकदिन त छोरालाई पनि निकै रीस उठ्यो र बाबालाई


" मेरो मूर्ति तपाईंको भन्दा महँगोमा विक्री हुन्छ अब मलाई तपाईंले सिकाउनु पर्दैन"  भनेर जवाफ फर्काईहाल्यो ।


छोराको यो जवाफ सुनेर बाबा एकपटक मुसुक्क हाँस्दै छोरालाई हेर्दै भन्यो ।


"छोरा जब म तिमीजत्रै थिएँ त्यो बेला ममा यस्तैगरि आफ्नो कलाप्रति घमण्ड जागेको थिएँ । मेरो मूर्तिलाई त्यो बेला नै मान्छेहरुले एकहजारमा किन्थे । त्यसैले मलाई लाग्न थाल्यो म नै सर्वश्रेष्ठ हुँ र मेरो कलामा कहिल्यै खोट हुँदैन । थाहा छ त्यसपछि मैले ज्यादा सिक्न छोडेँ । तर त्योबेलादेखि आजसम्म मेरो मूर्तिले एकहजारभन्दा बढि मूल्य कहिल्यै पाएन । अब तिमी पनि यसरी आफ्नो कलामा कसैको सुझावलाई स्वीकार्न सक्दैनौं र आफैलाई सर्वश्रेष्ठ ठान्छौ र सिक्न छाड्छौ भने तिम्रो प्रगति पनि यहीँ रोकिन्छ ।"


बाबाको यो कुरा सुनेर छोराको शीर लाजले झुक्यो र अबदेखि कहिल्यै घमण्ड नगर्ने अनि अरुको सुझावलाई मनन् गर्ने बाचा गर्यो । बाबाले पछि खुशी हुँदै छोरालाई अंगालोमा लिए ।



No comments:

Post a Comment