नबिर्सौ हामी
७२ साल, बैशाख १२, दिनको १२ बजे शनिबार
रमाइलो खेलमा साथीसंग भुलेका हामी
जमिनको कम्पन, नथामिने गरि, महाभूकम्पको त्यो क्षण
जताततै ढलेका घर, मठ र मन्दिर, भत्केको सडक र बाटाहरु
के भयो ? किन भयो ? के हुने हो अब ? पाएनौ थाहा केही
सबको मनमा, मात्र त्रास र भय, छैन मुहारमा हाँसो पनि
भोलीको भयले, हल्लिएको मुटु, सब मानिस हारेको त्यो दिन |
सबै तिर मृत्युको खबर, घाइतेको पिडाको आवाज,
खुल्ला आकाश, हावा र पानीले, बिक्षिप्त बनाएको त्यो मन
बालकको रुवाई, मानिसको पिडाले, अशान्त भएको त्यो मन
बुवा र आमा, अन्न र पानी, खोजीमा हिडेका
दाई र दिदी, बालक नानी, काखमा च्यापेका
पालो र पैचो, लिनु र दिनु, नेपालीको धर्म नै
दुखका दिन, कठिन रात, बिताउन सिकेका |
महिनाको दिन, सम्मको कम्पन, कसरी बिते छन् ?
बर्षको दिन, कठिन जीबन, कसरी बिते छन् ?
प्रकृतिले पाठ, सिकाएर गए, दैबले परिक्षा लिए
नेपाली जन, एक ढिका भइ, बिपतिको सामना सिके
भविष्य देखेको, कसैले छैन, नबिर्सौ यसको पाठ
संकट पर्दा, बिपतिको बेला, पाउछौ बिजयले साथ |
फेसबुक जमाना
सतीश
चापागाईं
कति सुन्दर जमाना यो, सबैको आआफ्नो फेसबुक
जति टाढा कुरा गरे नि, चलाउनू पर्दैन यो मुख ।
मनमै हाँस्यो, मनमै रमायो, मनमै सबै पचायो
कलम कापी केहि चाहिन्दैन, खाली औली नचायो ।
यही सजिलो, यही रसिलो, यसकै छ मिठो जमाना
इतिहास लेख्ने हातहरूमा, लाग्छ कि हो निशाना ?
चाहे सम्धी मित किन नहोस् ? सबै छन् यसमै साथी
कसैको वास्ता कसैलाई छैन, भरोसा कसको माथी ?
कति सौखीन जमाना यो, मन र औली कलामी
टक्र्याउँछु म फेसबुकलाई अझ छुट्टै सलामी ।
No comments:
Post a Comment