Wednesday, June 29, 2022

गाऊ खाने कथा

अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।

आमा छाद्छे, छोरी खान्छे- गाग्रीबाट लोटामा पानी सारेको।

आमाको रगतमा छोरी पकाइ खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको

एक खुट्टे धामी थरथरी कामी- जूको।

खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, - घाम, बाघ र सर्प।

तीन भाइको एउटै पगरी- ओदान।

धार्नी न बिसौली दुई हातले उचाली- टोपी।

पुड्के बाहुनको सिर्के चन्दन, के हो? - मासको गेडा

नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।

नौ तले घरको झ्याल न ढोका, के हो? - बाँस

नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।

बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ- गोरू जोतेको।

भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ- छायाँ।

यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो? = भुँईचालो

लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी- जीरे खुर्सानी।

लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी- जुम्रा मारेको।

वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।

वारी भर्याङ पारी भर्याङ तेरो बाउको लुते करङ- बाँसको फड्के (पूल)।

सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।

सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।

हस्तबीरले सिंगबीरलाई पछार्‍यो- सिँगान फ्याँकेको।

माथिबाट आए सिंह राज शाही, तलबाट आए पाँचै भाई, सिँह राज शाहीले पछराई पाई के हो? =सिँगान फालेको

लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको

तामे नल फलामे फल के हो? = फापर

चाँदीको ठेकी स्याउलाको बिर्को = मूला

आफू छ काली, नाम भने राती।= रात (राति)

महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो? = भित्ते पात्रो

जति तान्यो त्यति छोटो हुने, के हो? चुरोट

--------------------

१)  सय  भाइको  एउटै   टुप्पी  के  हो ? जाल 
२)  हिड्दै  पाइला   मेट्दै  के   हो ? 
सियोले  सिलाएको
३) छ  रुखैभरी  हान्यो   लट्ठिले  झरेन   एक   दाना पनि लग्यो   डोकैभरी  के  हो ? 
सुन्तला
४) तीन भाइको   एउटै  पकडी   के  हो ? 
ओदान
५) एउटा  सर्पको   दुईओटा   टुप्पी  के  हो  ? 
नाम्लो 
६) तिनओटा  मान्छे  दुईओटा  कपाल   एकओटा  टुप्पी के  हो ? 
जातो
७)  पोलेको  मुसा  बारिमा  दौड्ने  के   हो ? 
हलोको  फाली 
८) पोलेको  मुसा  रुखमा  चढ्ने  के  हो  ? 
हँसिया
९)  सानो सानो केटिको पेटभरी  पैसा  के  हो ? 
खुर्सानी 
१०)  दुईओटा  केटिले  एउटा  बुलाकी  लगाएको  के  हो ? 
चिम्टा
११)  बिहानै   उठेर   आमाले   छोरिलाइ   ढोग  गर्ने  के  हो ? 
गाग्रीबाट  पानी  सारेको 
१२)  बिहानै  उठेर  तेरिमा  लैजाने  भन्ने  के  हो ? 
ढेकी कुटेको
१3) चाहिदै  नचाहिने  खोजेको  बेला  नपाइने  के  हो ? 
असीना  
१४) चिचिमाथि   पापा  के  हो ? 
नङ
१५) मेरो  नाम  कल्लने  दिनभरी  हल्लने  के  हो ? 
गाईको  पुच्छर   
१६) लेपेटे  भैसिको  चेपेटे  सिङ  के  हो ? 
गत
१७) सुरिलो  रुखको  घुरिलो  पात  आयो  जन्ती  खातै  खात  के  हो ? 
केरा 
१८) सानो  रुखको ठूलो   पात  ठूलो  रुखको  सानो  पात  के  हो ? 
सल्लाको  र  भलाइको  पात
१९) पारी  वनमा   सपेटा  झुन्नाइएको  के  हो? 
टाटा
२०) आफू  राम्रो  फुल  टिप्दा  नटिपिने  के  हो ? 
कपडाको  फुल
२१) आमा  पहरे  बुबा  लहरे  भाइ  भकुन्डे  दिदि  फुलन्ते  के  हो ? 
फर्सी     
२२) भ-भ  गर्छ  भमरा  होइन  काधमा  जनाइ  छ  म  बाहुन  होइन  के  हो ? 
मेसिन
२३) चार  चुच्चे  मुख  बुच्चे  के  हो ? 
बाकस 
२४)  नौ तले  घरको  न झ्याल  न  ढोका  के  हो ? 
बाँस
२५)  तारे  पहरामा  तिर्लिङ  पिङ  भएको  के  हो ? 
बुलाकी  
२६)धर्ती  मुनि  मुड्के  गोरु   के  हो ? 
मुसा
२७) बारिभरी  सुनको  ठोसा  भनेको  के  हो ? 
बेसार  
२८)  बाहिर  सुन  भित्र चादी  के  हो ? 
चुकको  गेडा
२९)  चपाउदा  नचपिने  पकाउदा  नपाक्ने  के  हो ? 
ढुंगा  
३०) धर्तीमुनि  चादिको  ठोसा  के  हो ? 
तरुल
३१)  मामाले  छैन  भन्छ  भान्जाले  त्यही  छ  भन्छ  के हो ? 
बाँसको  टुप्पो र  केराको  पात
३२) वनतिर  जादा  घरतिर  मुख  घरतिर   आउदा   वनतिर  मुख  के  हो ? 
बन्दुक
३३)  शिरपुरमा  खोजी  भयो  कानपुरमा   समात्यो  हत्यापुरमा  जाच  भयो नङ्पुरमा  मृत्यु  भयो   के  हो ? 
जूम्रा  मारेको
३४)  खाउ  रोटि  खान  नसक्ने  दाउ  गोरु  दाउन  नसक्ने  बेतको  लौरी  समात्न   नसकिने  के  हो ? 
जून , बाघ र  सर्प
३५)  छिपछिपे   पानीमा  रतुवा  नाच्ने  के  हो ? 
जिब्रो  
३६) रातो  डाडामा  सेतो  जन्ती  हिडेको  के  हो ?  
दाँत
३७) सुरिलो  रुखको  एउटै  पात   के  हो ? 
पनिउ 
३८)  सुरिलो  रुखको   एउटै   पात  रहेछ त्यो  पातमा  चराले  गुड   लगाएछ  के  हो ? 
डाडु
३९)  चार भाइले   एउटै   ठाउमा   तिर   हान्ने   के  हो ? 
दुध दुहेको 
४०)  अगाडि   शङ्ख  पछाडी   पङ्ख  के  हो ? 
कुकुर भुकेको  र  पुच्छर
४१)  बोल्दा  बोल्ने  चल्दा  चल्ने  समाउदा   नसमातिने  के  हो ? 
छायाँ     
४२) हल  गोरु  जुधौ  जुधौ  हुने  तर  जुध्न  नसक्न्र  के  हो ? 
बाला
४३) अग्लो  डाडामा  छाता  ओडेर  बसेको  के  हो ? 
फुलि

------------------------------

भाँडो पाक्छ चामल पाक्दैन के हो ?अम्बा
नौ दिनसम्म कुनामा बस्छ, दसौँ दिन टाउकामा चढ्छ, के हो ?
जमरा 
हिँड्दै छ पाइला मेट्दै छ के हो ?
डुङ्गा
नौतले घरको झ्याल न ढोका, के हो ?
बाँस
आइगुजी पैगुजी पानी देखि डराईगुजी के हो ?
जुत्ता
भुइँमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपेैयाँ दिऊँ के हो ?
छाँया 
खाऊँ रोटी खाइनसक्नु, दाऊँ बहर दाइँनसक्नु, टेकौँ लौरो टेकिनसक्नु के हो ?
घाम, बाघ र सर्प 
नाङ्लोभरि सुपारी, गन्नै नजान्ने व्यापारी के हो ?
जून र तारा
बालकमा हरियो, तन्नेरीमा रातो, मानिसले खायो भने जान्छ त्यसको सातो के हो ?
 खुर्सानी

----------------------




No comments:

Post a Comment